Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालले जित्यो मलेसियाविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज


काठमाडौं, २१ जेठ । नेपालले घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आइतबार भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले जितेको हो ।

अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सिता राना मगरले ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान गरिन् । अप्सरी बेगमले १५ रन जोडिन् ।

मलेसियाका लागि आइना हसिमले २ तथा महिरन इस्माइल, विनिफ्रेड अन्नी, आइस्या इलिसा र नुर डानियाले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ जोड्यो । मलेसियाका लागि वान जुलिया रोस्दीले रन ४७ तथा महिराह इस्माइलले २० रन बनाए । विनिफ्रेड अन्नी २४ रनमा आउट भइन् ।

नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट