Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जजिरा एयरवेजले रोक्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान


काठमाडौं, २९ वैशाख । जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान रोकेको छ । जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत साताको तीन दिन उडान गर्दै आएको थियो ।

जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको विमानस्थलका प्रवक्ता विनोद सिंह रावलले जानकारी दिए । कम्पनीले मे ८ देखि नियमित उडान गर्ने भन्दै उडान बन्द गरेको थियो । तर, अहिलेसम्म उडान सुरु गरेको छैन । उडान के कारण बन्द भएको हो जानकारी दिइएको छैन ।

तर, यसअघि व्यापारिक कारण उडान बन्द गरेको जजिराले उल्लेख गरेको थियो । जजिराले जारी गरेको अर्को सूचनामा उडानको बारेमा जानकारी दिने जनाए पनि अहिलेसम्म कुनै पनि सूचना नपठाएको विमानस्थलका प्रवक्ता रावलले जानकारी दिए ।

यसअघि पनि विभिन्न कारण देखाउँदै केही महिना जजिराले उडान बन्द गरेको थियो ।


क्याटेगोरी : पर्यटन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट