Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी


काठमाडौं, २० वैशाख । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र उनकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोराहरू पनि तानिएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा ५ करोडभन्दा धेरै रकम ठगीको अभियोगमा इन्द्रजित मंगलबारै पक्राउ परिसकेका छन्। बुवा पक्राउ परेको प्रकरणमा उनका छोरा निरज राई पनि तानिएका छन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।

त्यसैगरी पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ। दुवैजनाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन भन्दै करोडौँ रकम लिएको आरोप लागेको छ।
प्रहरीले बुधबार मात्रै भुटानी शरणार्थीको फाइल गिरोहलाई उपलब्ध गराएको आरोपमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ।

उनी गृहमन्त्रालयमा हुँदा भुटानी शरणार्थीको फाइल गिरोहलाई दिएको आरोप लागेको छ। उनीविरुद्ध यसअघि पक्राउ परेका इन्द्रजित र केशव दुलालले बयान दिइसकेका छन्।

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई पक्राउ

 


क्याटेगोरी : जनमञ्च, प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट