Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कैलालीमा एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थीको जीप दुर्घटनामा मृत्यु


काठमाडौं, २७ चैत । कैलालीमा एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा आइतबार सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२३ को जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ठगुन्नाको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किँदै थिए।

जीपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी घाइते भएका छन्। अत्तरियाको पद्मा अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #death, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट