Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

जनता, नेता र कार्यकर्तालाई अपराधीकरण गर्न खोज्नेहरु यो देशमा टिक्ने छैनन् : विप्लव


काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता तथा राजनीतिक नेता र कार्यकर्तालाई अपराधीकरण गर्न खोज्नेहरु यो देशमा टिक्ने नसक्ने बताएका छन्।

माओवादी धारका राजनीतिक दलहरुको संयुक्त पत्रकार सम्मेलनमा चन्दले जनताको तागतबाट जन्मिएको व्यवस्थालाई सीमित दलाल पूँजीपतिहरुको हातमा लगेर परिवर्तनका संवाहक जनता तथा राजनीतिक नेता र कार्यकर्तालाई अपराधीकरण गर्न खोज्नेहरु नटिक्ने बताएका हुन्।

उनले राज्य पुनःसंरचनाको बेला आएको समेत बताए। इतिहासमाथि हमला सुरु भएको भन्दै यसको रक्षाका लागि सबैजना एक भएर खडा हुनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘सिंहहरुको सिकारमा ब्याँसा र स्यालले लुछाचुँडी गर्ने खेल नेपालमा चल्दैछ, त्यसलाई उचित जवाफ दिनुपर्नेछ। प्रधानमन्त्रीलाईसमेत मुद्दा लाउने कुरा आइरहेको छ, प्रधानमन्त्रीलाईसमेत राज्यले नियन्त्रणमा राख्ने कोशिस भएको छ भने महिला, सुकुम्बासी, किसानको हालको के होला ?’

यो अधुरो क्रान्तिको नजिता भएको भन्दै उनले यो राज्य नेपाली जनताको पक्षमा नभएको टिप्पणी गरे। नेपाल जनताको उपलब्धीलाई मुठीभरका मानिसहरुको हातमा पुर्‍याउने प्रयास भइरहेको उनले बताए।

यो सिंगो नेपाली जनताको हकहितको विषय भएकाले यसविरुद्ध सबै एकजुट हुनुपर्ने चन्दले भनाइ राखे। वृहत शान्ति सम्झौताविपरित जानेहरुविरुद्ध अभियान चलाउनु पर्ने उनले बताए।

एमाले नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नकारात्मक धारणा राखेकाले विधेयक अघि बढ्न सकेन : देव गुरुङ

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन माओवादी धारका पार्टीहरुको संयुक्त अपिल (विज्ञप्तिसहित)

सिंहहरु जहाँ भएपनि संकटको बेला एक ठाउँमा उभिन्छन् :आहुति

प्रचण्डलाई हतोत्साहित पारेर नेपाललाई स्थिरतातिर अगाडि बढ्न नदिने षड्यन्त्र : प्रभु साह

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट