Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजन दाहाललाई सूर्य थापाको प्रश्नः तपाई प्रधानमन्त्रीको वकिल हो?


काठमाडौं, २४ जेठ । नेकपा एमालेका सांसद सूर्य थापाले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई ‘तपाईं प्रधानमन्त्रीको वकिल हो’ भन्दै कटाक्ष गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा दाहालले राखेको विचारमाथि आपत्ति जनाउँदै थापाले उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वकिल भन्दै कटाक्ष गरे ।

बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्ने क्रममा दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको आरोप लगाएका थिए । ‘हामी हरेक सांसदहरू स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ,’ दाहालले भनेका थिए, ‘सम्माननीय सभामुखले आफैँले पनि प्रतिनिधिसभाको नियमावली उल्लंघन गर्नुभएको छ । रोष्टममा तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ? माननीय प्रधानमन्त्रीलाई तपाईं चुप लाग्नुहोस् उहाँहरूले बोल्नुहुन्छ भन्नुभयो ।’

त्यसपछि थापाले नियमापत्ति जनाउँदै सभामुखको आचरणको आलोचना गर्ने व्यवस्था नियमावलीमा नरहेको बताए ।

‘उहाँ बजेटमाथिको छलफलमा भाग लिन रोस्टममा जानुभएको हो तर, उहाँ कहिले पित्तल, कहिले सुन र कहिले प्रधानमन्त्रीको वकिल भएर जानुहुन्छ,’ थापाले भने ।

दाहालको अभिव्यक्तिमाथि सभामुख घिमिरेले रुलिङ गर्नुपर्ने थापाको माग छ ।

सभामुखलाई सांसद राजन दाहालको प्रश्नः रोष्टममा तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसदलाई रुलिङ गर्ने ?


क्याटेगोरी : राजनीति
ट्याग : #surya rajan

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट