Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वैज्ञानिकहरू खोजे ह्दयघातका बेला क्षति निको पार्ने नयाँ बायोजेल


काठमाडौं । वैज्ञानिकहरूले ह्दयघातका बेला भएको क्षति निको पार्ने नयाँ बायोजेल बनाएका छन् । यो नयाँ बायोजेल नशा मार्फत दिइने छ । ह्दयघातबाट भित्र भित्र भएको क्षतिलाई यसले निको पार्न सुरु गर्छ ।

क्यालिफोर्निया विश्व विद्यालयका वैज्ञानिकहरूले हाइड्रोजेललाई पानीमा तरल बनाएर इन्जेक्समा हालेर बनाउने गरी तयार पारेका हुन् ।

इन्जेक्सन दिइएपछि यसले सेलहरूको उपचार गर्छ । खाली ठाउँहरूलाई पुर्छ र रक्तवाहिनी नलीहरूको खराबी निको पार्न द्रुतगतिमा काम सुरु गर्छ ।

यो औषधिको परीक्षण मुसा र सुँगुरमा सफलता पूर्वक गरिएको छ । अनुसन्धानकर्ताहरूले अब यसको मानव परीक्षणको तयारी गरिरहेका छन् ।

यो अनुसन्धान टोलीका अनुसार यसले तत्काल रोगीको उपचार गर्न सक्छ । जतिखेर ह्दयघात हुन्छ त्यतिखेर यसले तन्तुहरूलाई फेरि उत्पन्न गराउन सहयोग गर्ने विश्वास युनिभर्सिटी अफ क्यालिफोर्नियाका बायोइन्जिनियर करेन क्राइस्टम्यानले बताएकी छिन् ।

क्राइस्टम्यान र उनका सहयोगीहरूले सन् २०१२मा एक हाइड्रोजेल बनाएका थिए । यसको परीक्षण सुँगुरमा गरिएको थियो ।

अमेरिकामा हरेक वर्ष कम्तीमा ७ लाख ८५ हजारलाई ह्दयघात हुने गरेको छ । मुटुका तन्तुहरूलाई पुग्ने क्षति पूरा गर्ने उपचार अझ निर्माण हुन बाँकी रहेको छ ।

मुटु विभागका डाक्टर रेयन आर रीभ्सले कोरोनरी आटरी, अक्युट माइओकार्डिअल इनफरसन र कन्जेस्टिभ हार्ट फेलिअरका समस्या सार्वजनिक स्वास्थ्यमा सार्वधिक भार बनेको बताएका छन् ।

अनुसन्धानकर्ताले हाइड्रोजेल रगतसँग मिल्दोजुल्दो भएकोले यसको छनौट गरेका हुन् । हाइड्रोजेल घाउ सफा गर्न प्रयोग गरिन्छ ।


क्याटेगोरी : रोचक, विज्ञान
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट