Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसीसी प्रिमियर कपमा आज नेपालले ओमानसँग खेल्दै


काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।
दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ । एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको लक्ष्य रहेको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट