Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो


काठमाडौं, २१ जेठ । तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


क्याटेगोरी : सुनचाँदी/विनिमय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट